०२ माघ २०८१, बुधबार

खाता नखोल्दा आठ महिनासम्म सामाजिक सुरक्षा भत्ता वितरण भएन

Khabarsabaiko बुधबार, चैत्र ०५, २०७६

हुम्लाको खार्पुनाथ गाउँपालिकामा सामाजिक सुरक्षा भत्ता पाउनेहरूले  बैंकमा खाता नखेलेकाले आठ महिना पुग्दा  पनि भत्ता वितरण  हुन सकेको छैन ।

विभिन्न माध्यम बाट सुचना प्रकाशन गरि खाता खोल्न ताखेता गर्दा पनि खाता नखोलेको कारण वितरणमा ढिलाई भएको गाउँपालिका अध्यक्ष कर्ण रावलले बताउनु भयो । उहाँले भन्नु भयो सो भत्ताका लागि सबैले बैँक खाता खोल्न पर्ने गाउँपालिकाको निर्णय भएकाले खाता खोल्ने वितिकै सुरक्षा भत्ता जम्मा गरिने जानकारी गराउनु भएको छ । गत वर्ष समाजिक सुरक्षा भत्ता वितरणमा अनियमितता भएको देखिएकाले त्यो घटाउन खाताको प्राव्धान गरेको कुरा अध्यक्षले थपे ।
उक्त विषयमा गाउँपालिका उपाध्यक्ष रुपा शाहीका अनुसार ३० प्रतिशत स्थानीयले खाता खोलिसकेकोले केही दिनमा खातावालाको खातामा भत्ता जम्मा गरिने जानकारी दिए ।

नेपाल सरकारले दिदै आएको ज्येष्ठ नागरिक, एकल महिला, अपाङ्ग भएका नागरिकले पाउने सामाजिक सुरक्षा भत्ता आठ महिना वित्दा पनि भत्ता वितरण नभएको सोही गाउँपालिका–३ रायाका तारावीर रावलले गुनासो गर्नु भयो । उहाँले भन्नु भयो भत्ता नपाउँदा हिउँदको तीन महिनापनि चिसोमै काटियो तर गाउँपालिकाले वितरण गर्न ढिलाई ग¥यो, मिठो मसिनो खाने धोको अधुरै रहयो ।
जनप्रतिनिधिले चुनावका बेला घरघरमै पुगेर भत्ता वितरण गरिने आश्वासन दिएपनि हालसम्म भत्ता नपाएको खार्पुनाथ गाउँपालिका–१ का ७० वर्षीय भियाल भण्डारीले गुनासो गर्नु भयो ।
त्यस्तै वृद्ववृद्वाहरूले भने समयमै भत्ता नपाएपछि सामाजिक सुरक्षा बापतको रकम नपाइने हो की भन्ने डरैडरले गर्दा समयमा अधिकारकर्मी र पत्रकार समेतलाई जानकारी नगराएपछि झन समस्या भएको भण्डारीको भनाई छ ।
आठ महिना बितिसक्दा पनि भत्ता नपाएपछि यस समस्यालाई बाहिर ल्याउन बाध्य भएको सोही ठाउँका अपाङ्गता व्यक्ति शिवकला शाहीले गुनासो गर्नु भएको छ ।

सबै वडामा एकै पटक वितरण गर्न बजेट निकासा भएपनि यहाँका नागरिकले बैंकमा खाता नखोलेका कारण वितरणमा ढिलो भएको र लेखापाल काठमाण्डौँबाट हुम्ला आउने वित्तिकै सबैको खाता खोल्न लगाएर भत्ता जम्मा गरिने गाउँपालिका अध्यक्ष रावलले आश्वासन दिनु भयो ।

गाउँपालिकाका करिव ६ सय व्यक्ति सामाजिक सुरक्षा भत्ता पाउनबाट प्रत्यक्ष बञ्चित हुनु परेको छ यसको समयमै छानविन हुनु पर्छ उपाध्यक्ष शाहीको माग छ ।

यहाँ कमेन्ट गर्नुहोस्