Khabarsabaiko मंगलबार, चैत्र २५, २०७६
हुम्ला– जिल्लाका सात वटै स्थानीय तहले विपद् व्यवस्थापनका लागि ७० लाख विपद् कोष खडा गरेका छन् ।
विश्वभर कोरोना भाइरस कोभिड १९ को संक्रमण फैलिदै गएपछि हुम्लाका सात वटै गाउँपालिकले विपद् व्यवस्थापन कोष खडा गरेका हुन् ।
चंखेली गाउँपालिकाले १५ लाख,अदानचुलीले २० लाख सिमकोटले १० लाख,खार्पुनाथले १० र नाम्खाले १० लाख ताजाँकोटले ५ लाख र सर्केगार्डले ५ लाख गरी ७० लाखको विपद् कोष खडा गरेको जानकारी दिएका छन् ।
आ आफना स्थानीय तहमा आउने विपद् व्यवस्थापन जिल्लाका सातै स्थानीय तह सक्रिय देखिएका छन् ।
स्थानीय तहले खडा गरिएको विपद् व्यवस्थापन कोषको बारे आफुलाई कुनै जनाकारी प्राप्त नभएको विपद् व्यवस्थापन समितिका संयोजक एवम प्रमुख जिल्ला अधिकारी बिनिता भट्टराईको भनाई छ । कर्णाली प्रदेश सरकारले जिल्लामा ५० लाखको विपद् व्यवस्थापनका लागि छुटयाएको प्रजिअ भट्टराईले बताइन् ।