Khabarsabaiko शनिबार, चैत्र २९, २०७६
हुम्लामा हवाई जहाज मार्फत नेपालगञ्ज,सुर्खेतबाट असारसम्म पुग्ने चामल ढुवानी भएको छ । देशमा कोरोना संक्रमणको जोखिम बढ्दै गएपछि हुम्ला खाद्यान्न अभाव नहोस भन्दै चामलको ढुवानी भएको हो ।
देशभर लकडाउन अवधि खाद्यान्न अभाव हुन नदिन सुर्खेत,नेपालगञ्ज हुदै जहाजबाट चामल ढुवानी गरिएको छ ।
अब असारसम्मका लागि चामल मौज्दात रहेको नेपाल खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड सिमकोट शाखाका प्रमुख रामबहादुर विष्ठले जानकारी दिएका छन् ।
गोदाममा पाँच हजार क्वीन्टल चामल मौज्दात छ जुुुन असार महिनासम्म पुग्ने गरी चामल ढुवानी भएको प्रमुख विष्ठले बताए ।
सिमकाेटमा असार सम्मका लागि सहज भएपछि नाम्खा,खार्पुनाथ गाउँपालिका एक सय चालिस क्वीन्टल ३० केजी दरले वितरण हुने नेपाल खाद्य व्यस्था तथा व्यापार कम्पनी लिमिटेड हुम्ला शाखा प्रमुख विष्ठले बताएका छन् ।
अव वडामा वडाध्यक्षको रोहबरमा चामल वितरण हुने भएको छ । सीता तारा,समिट एयरलाइन्सहरुले नेपालगञ्ज सुर्खेतबाट दैनिक खाद्यान्न ढुवानी गदै आएका छन् ।