०७ पुष २०८१, आइतबार

ताँजाकोट गाउँपालिकाले स्वास्थ्य सामग्री पुगायो

Khabarsabaiko शुक्रबार, बैशाख १२, २०७७

हुम्लाको ताँजाकोट गाउँपालिकाले स्थानिय स्तरका स्वास्थ्य संस्था र हेल्थडेक्सहरुका लागि स्वास्थ्य सामग्री पुगाएको छ । विश्व भरिनै कोरोना भाइरस कोभिड १९ को माहामारी फैलिएको गरेको अवस्थामा हुम्लाको ताँजाकोट गाउँपालिकाले वैशाख ११ गते विभिन्न किसिमका स्वास्थ्य सामग्री र उपकरणहरु पुगाएको छ । ताँजाकोट गाउँपालिका स्वास्थ्य शाखाका संयोजक राजेन्द्र सेङकुले पुगेको सामग्री छिटै स्वास्थ्य संस्थाहरुमा वितरण हुने कुरा जनाए ।

जिल्लामा माहामारि नफैलियोस् भन्दै पुर्व तयारीका लागि ताँजाकोट गाउँपालिकाले पनि गाउँपालिका भित्र रहेका ४ वटा सामुदायीक स्वास्थ्य इकाई, २ वटा स्वास्थ्यचौकी र २ वटा हेल्थडेक्स गरि जम्मा ८ वटा स्वास्थ्य संस्थाहरुका लागि सो सामग्री ल्याइएको संयोजक सेङकुको भनाई छ । संयोजक सेङकुलका अनुसार हाल पुगेको सामग्रीमा ८ पिस थर्मलगन, २० पिस पिपिई, ७ हजार सर्जिकल मास्क, १ सय ५० सेनीटाइजर लगायतका सामग्री र अन्य उपकरण रहेको छ ।

गाउँपालिकाले यतिखेर ८ लाख बराबरको औषधि उपकरणहरु ल्याएको छ भने बाँकी आउँने क्रम जारी रहेको संयोजकले बताउनु भएको हो । सो सामग्री वैशाख ११ गतेमात्र गाडी मार्फत ताँजाकोट गाउँपालिकामा पुगेको छ ।

यहाँ कमेन्ट गर्नुहोस्