१९ पुष २०८१, शुक्रबार

सर्केगाडको गोठीमा राहत वितरणः स्थानिय बासिले गरे थप सहयोग

Khabarsabaiko आइतबार, जेठ २५, २०७७

हुम्ला–कोरोना भाइरसको संक्रमण नियन्त्रण र रोकथामका लागि आह्वान गरिएको लकडाउन (बन्दाबन्दी) लम्बिदै गएपछि सर्केगाड गाउँपालिकाको गोठीमा ४६ घरधुरीलाई राहत वितरण गरिएको छ । वितरणमा स्थानिय बासि र संस्थाले थप सहयोग गरेका छन् । राहत ४० घरमा बाँड्ने संस्थाहरूको योजना भएपनि जि एन एनले ५ र मानदेव शाहीले १ थप सहयोग गरेपछि जम्मा ४६  घरपरिवार लाई वितरण गरेको कुरा किर्डाक, नेपालकी सहजकर्ता पवित्रा देवकोटाले जानकारी दिइन् ।

मिसन ईस्टको आर्थिक सहयोग तथा महिला कल्याण सेवा, हुम्ला, कर्णाली एकिकृत ग्रामिण विकास तथा अनुसन्धान केन्द्र (किर्डाक) नेपाल र हिमाली शिक्षा र विकास (हेड) नेपालको सहजिकरण सर्केगाड गाउँपालिका–५ नम्बर वडा कार्यालयको समन्वयमा ४० घरधुरीलाई राहत वितरण भएको हो ।

कोभिड–१९ लाई लक्षित गरी अपाङ्गता भएका व्यक्ति, एकल महिला,जेष्ठ नागरिक लाई  प्रति घरधुरी २५ केजी चामल,२ लिटर तेल,एक केजी र २ केजी सिमी राहत वितरण गरिएको महिला कल्याण सेवाका कार्यक्रम व्यावस्थापक प्रेम बुढाले जानकारी दिए । सर्केगाड गाउँपालिका ८ वटै वडाहरुका ३ सय ५० घरधुरीलाई राहत बाँडने कार्यक्रम रहेको कार्यक्रम व्यावस्थापक बुढाले जनाएका छन् ।

आज सम्म २२२ घरधुरी लाई राहत वितरण भएको बुढाले खबरसबैलाइ  बताएका छन् ।

यहाँ कमेन्ट गर्नुहोस्