०६ पुष २०८१, शनिबार

हुम्लामा सुत्केरी व्यथा लागेको ११ दिनपछि हेलिकप्टरबाट उद्धार

Khabarsabaiko मंगलबार, आषाढ ०२, २०७७

हुम्ला–जिल्लाको चंखेली गाउँपालिकाकी एक सुत्केरी महिलालाई हेलिकप्टरबाट उद्धार गरी जिल्ला अस्पताल हुम्ला पुगाइएको छ ।
चंखेली गाउँपालिका–३ ऐडीबाडाकी–२७ वर्षकी कातिकी ऐडीले लामो सुत्केरी व्यथा लागेर बच्चा जन्माउन नसकेपछि उपचारका लागि जिल्ला अस्पताल हुम्ला ल्याइएको हो ।
व्यथा लागेको ११ दिनपछि ऐडीको जिल्ला अस्पताल हुम्लामा ल्याएको सिनियर अनमी सरिता बोहराले  जानकारी दिएकी छन् ।
जेठ २४ गते बिहान ९ बजे सुत्केरी व्यथा लागेर बच्चा जन्माउन नसकेको उनका श्रीमान भैरव ऐडीको भनाई छ ।उद्धार गरिएकी सुत्केरी कार्तिकी ऐडीको पेटमा पानी कम भएपछि समस्या भएको जिल्ला अस्पताल हुम्लाका सूचना अधिकारी भक्ति फडेराले जानकारी दिए । उद्धार गरिएकी ऐडीको अप्रेशन गर्न तयारी भएको सूचना अधिकारी फडेराले बताए ।
हेलिकप्टरको भाडा गाउँपालिकाले तिर्ने कि जिल्ला स्वास्थ्य सेवा कार्यालय हुम्लाले तिर्न विषयमा अहिले केही खबर नभएको सूचना अधिकारी फडेराले भनाई छ ।

यहाँ कमेन्ट गर्नुहोस्