Khabarsabaiko बुधबार, आषाढ २४, २०७७
आज यो सारा संसार
कोरोना भाइरसको माहमारीसङ्गै
लकडाउनमा छ,
घरका ढोकाहरु थुनिएका छन्
र छिमेकिलाइ आगनमा आउन रोकिएको छ।
व्यापार, हिडडुल, मन्दिर ,मस्जिद
चोक पसल स्कुल क्याम्पस
सब थोक बन्द छ ।
र अन्य कुनै आय श्रोत नभएर
परदेस पलायन भएका
हाम्रो सबै दाजुभाइहरुलाइ
स्वदेस झिकिएको छ ।
र लगाइएको छ बिदेसको साटोमा
आफ्नै देसको माटोमा
सम्भावनाहरुको खेती गर्नलाइ ।
सपनाहरुको बिउ रोपेर
दाजुभाइहरु मिलेर
हामिले खेतमा अन्नबाली लगायौं
तर, हामिले के पायौ?
हजुर बुवाले त भन्थे
किसान भएर गरिखान गार्हो छ कान्छा
आखिर हो रहेछ देखियो
जब सारा सलह किराहरुको झुन्ड आएर
बालीनालि खाएर
सब सखाप बनाएर सकिदियो ।
कस्तो दोधारमा फसियो
अब,ब्यहपार गर्न पनि बन्देज छ
गरौ,बजारमा कोरोना रोगको डर छ
नगरौ त मेरो परिवार भोक भोकै मर्छ
खेती गरौ त,सलहले सब बाली बिनास गर्छ !
ए! सलह किन आएका ?
तिमिहरु हजार मायल टाढादेखी उढेर एकसाथ
दरिद्र गरिबहरुलाइ दुख दिन आएका !
आखिर सधै मर्ने त
निम्नस्तरका मान्छेहरु नै त हुन ।
कति साल देखि नेपालमा दलाल
स्याल र ब्वासाहरुको राज थियो
फेरि पनि आज अर्को एउटा ब्वासो थपियो ।
बहु बाघहरुले झम्टिएर
जङ्गलमा एक बाख्रोको सिकार गरे जस्तै
हजार सलहहरु मिलेर
अनि आफ्नु आहार बनाएर
सिकार गरिरहेछन आज
र सबैभन्दा मुनि मरिरहेछन
मज्दुरकिसानहरु
निर्धोको रगत खुन र पसिना चुसेर
मोटाइरहेका मन्छेहरू झै गरि
बर्सौदेखि सल्बलाइरहेका थिए
यो देसमा भकुन्डे पेटहरु ।
जिन्दगिभरी जमिन्दार सरकार जसरी
सबै सबैले उमाथी ज्यादती गरिरहेका थिए
हो उसैगरी आज फेरि सलह किराहरु थपिए ।
तीन करोड किसानलाइ पुग्ने
अन्न एकैदिनमा बर्बाद बनाएर
दिनहु गरिबकै अनाज खाएर
बाच्ने ती सलह किराहरुको हेरौ
कति दिन चल्ने छ यो देसमा राज ।
गरिबकै आहार खाएर अनि हेरौ कति दिन
पखेटा फिजाएर त्यो निस्किनेछ नि शुल्क
यो सन्सारको भ्रमण गर्नलाइ।
गरिबकै अनाज खाएर अनि हेरौ कति दिन
महङ्गो जहाजमा उड्ने छ त्यो
गरिबकै खुन खाएर हेरौ;र कति दिन
उस्कै वरिपरि फुर्ती देखाएर
हिड्ने छ त्यो ।
इन्डियासङ्गै सिङ्गो
एसिया भर फैलिरहेका
घटिया बिचौलियाहरु
सलह किराहरु
बन्दुक बोकेर महङ्गो गाढी चढेर
आएका माफिया गुन्डा झै गरेर
रातरात करौडौ झुन्डहरु भएर आए
गरिब बस्तीहरुमा
अनि कसैको भोको पेटमा
लात हानेर,छातिमा बुट बजारेर
मुखिया साहुसङ्ग लिएका ऋणका
चुतिया तमसुक र कागजातहरु देखाएर
बर्सौदेखि धम्काएर तर्साएर,डर देखाएर
घर भित्रका सारा सरसामानहरु उठाएर
परिवारका खुसिहरुलाइ नङ्गग्याएर
अनि उज्यालो आगन अन्धकार बनाएर
सबै छाप्रो झुपडी र टहराहरु भत्काएर
बेसहाराहरुको घरमा राको लगाए जस्तै गरेर
सारा किसानका खेत खरानी बनाइरहेछ
जसरि कि कुनै आतङ्गककारि
अटम बम ब्लास्ट गराएर
एउटा सिङ्गो देस खरानी बनाइरहेछ ।
को हुन तिनिहरु जो बर्सौ देखि
हाम्रो आगनमा आएर उल्टै
हाम्लाइ धम्क्याएर
हाम्रै घर खेत खान खोजिरहेछ
र को हो तिनिहरुको मुख्य नाइके
जो माहुरिको रानो झै
करौडौ किराहरुको झुन्ड लिएर हिड्छ?
सबैभन्दा पहिला त्यसलाइ समाएर
ज्युदै आगो लगाउने मन छ
र मन छ आसपास अरु कयौ
सलहहरुको सर्वनास गर्न
महाकालीमा पठाइएका गोर्खाली शैनिकहरु झै
हजारौ नेपालि हासहरु झिकाएर
दैनिक खेतको आलिमा राखेर
खेतभरी खटाउने मन छ
अनि हटाउने मन छ
करोडौ सलह किराहरुलाइ
पछाडी पठाउने मन छ ।
भयानक बिनासक घातक
देसबिकासको बाधक
र सारा खलनायकहरुलाइ
नायक बोलाएर ती गद्दारहरुलाइ
किटनाशक छेप्यास्त्र प्रहार गर्ने मन छ
र जोगाउन मन छ गरिब गाउँका
सारा भोका जन्ताहरुलाई ।
सडकमा देसद्रोहिको पुत्ला जलाए जस्तो
खेतगरामा आगो लगाएर
धुवा उढाएर मात्रै
के यो अनिकाल हटाउन सकिएला र
मन्त्री भुसाल अङ्गग्रेजी सङ्गीत
र सुर ताल घन्काएर
केवल मादल,बजाएर थाल ठटाएर मात्रै
के सलहको बगाल भगाउन सकिएला र?
जाल बिछ्याएर
लछ्यमण रेखा कोरेर
कुटिमा रावणलाई प्रतिबन्धित गराए झै
बन मान्छेलाइ थपाएर जङ्गल पठाए झै
र सिङ्गो श्रीलङ्गकामा आगो लगाएर
सितालाइ जोगाए झै
सारा सतलहरुको साम्राज्य ध्वस्त बनाएर
जरुर जोगाउनु छ अब तमाम
किसानहरुको सर्वस्व अस्मितालाइ ।
तर,किन रोकथाम गर्न सकिएन
भारतिय बिस्तारबादले
खुलेयाम लिपुलेकमा बाटो बनाए झै
सरकार सलह किरा
भारतबाट बेजोड रफ्तारमा
स्वदेस आउदैछ भन्ने
के हामिलाइ कुनै जानकारी थिएन?
नत्र,किन भ्रस्टचारीको गलामा ताला
लगाउन कुनै तयारी गरिएन ।
आज भारतबाट यसरी सलह किरा
खता खत स्वदेस भित्रीयो
जसरी,पैला उसैगरी
कोरोना भाइस फैलिएको थियो।
सलह किरा दिनभरी पसिना चुवाएर
काम गर्ने चाहिँ हामिहरु
डाडा जस्तो धम्काएर
अर्काको घरमा आएर माम खाने चाहिँ उ ?
कानुनले पनि रोक्न नसक्ने कति ठुला
अपराधीहरु हुन तिनिहरु?
गरिबसङ्ग झगडा गर्न किराहरु आइरहेछन
र हाम्रो देसमा आफ्नु अखडा बनाइरहेछन।
बढो आश्चर्य लाग्यो!
दोबानका बाधहरुसङ्गै मुहान भत्काएर
सिङ्गो गाउँ डुवान गर्न
किसानको धानबाली बगाउन
उर्लिएर आइरहेको बौलाहा नदिको बहाव जस्तो ।
जमिनको सतह डुवाउने नदिको दह जस्तो
भडारमा गृहकलह मच्चाउने
अनि भकारी रित्याएर
घरभरी भोकमरी भित्राउने भ्रस्टचारी
सलह किराहरुको
\कति ठूलो/
अनि अति अटुट एकता हुदो रहेछ !
यसरि नै यो संसारमा
सज्जनहरु एकजुट हुने हो भने?
~~~~~~~~~~~~~~~~
जरुर तिनिहरुको पतन पक्का छ ।
~~~~~~~~~~~~~~~~~
बिद्रोही कवि सुजन बुढाथोकी