११ पुष २०८१, बिहिबार

विद्यालय खुलाउन निजी विद्यालयका प्रतिनिधिद्धरा ध्यानाकर्षण

Khabarsabaiko शुक्रबार, साउन ०२, २०७७

हुम्ला– निजी विद्यालयका सञ्चालकहरुले विद्यालय सञ्चालन गराउन सिमकोट गाउँपालिकालाई ध्यानाकर्षण गराएका छन् ।  लकडाउनका कारण चार महिनादेखि शैक्षिक अवस्था र बालबालिकाहरुको पठनपाठन तहसनहस भएको भन्दै विद्यालय सञ्चालन गराउन जिल्ला स्थित निजी विद्यालयका प्रतिनीधिहरुले गाउँपालिकालाई ध्यानाकर्षण गरेका हुन् ।
अनलाईन कक्षा भच्र्युवल कक्षा वैकल्पिक पद्धति भएपनि दुर्गम जिल्लामा यो समभ्व नभएकोले कोभिड–१९ को प्रभाव अध्ययन गरी विद्यालयहरुमा आवश्यक

पूर्वाधारहरुको व्यवस्थापन समेत जोर बिजोर वा आलोपालो प्रणालीको व्यवस्थापन गरी विद्यालय सञ्चालन गर्न माग राखेको छन् ।निजी विद्यालयहरुले एक महिनाको विद्यालयको शुल्क छुट गरी अन्य शुल्क संकलन गर्न पाउने माग गरेका छन् ।

वर्तमान शिक्षा नियमावली अनुसार एक शैक्षिक शत्रको लागि १८०देखि १९० दिन पठनपाठन गर्नुपर्ने भएकोले बिदाहरु कटौती गरी नयाँ शैक्षिक क्यालेण्डर निर्माण गर्न माग रहेको कैलाश बोधी सिमकोटका प्रिन्सीपल छवाङ लामाले जनाकारी दिए ।

नेपाल सरकारले निर्देशन गरेको अवस्थामाा निजी विद्यालयमा कार्यरत कर्मचारी,शिक्षकहरुलाई तलब भत्ता लगायत अन्य खर्चको व्यस्थापन नहुदा निजी विद्यालयलाई समस्या भएको लामाले बताए । घर जग्गा,बहाल कर व्यवसायिक कर लगायत अन्य महसुलहरुमा छुटको व्यस्था गर्न निजी विद्यालयहरुको माग रहेको लामाको भनाई छ ।

यता गाउँपालिका उपाध्यक्ष बली रावतका अनुसार गाउँपालिका भित्रका सबै वडाका अध्यक्षहरुसँग विद्यालय खोल्ने विषयमा परामर्श गरिसकेको बताए ।

सरकारी विद्यालयका प्रधानाध्यापकहरुसँग एक किसिमको कुराकानी गरेका छौ १० गतेबाट विद्यालय सञ्चालन गर्न पहलमा गाउँपालिका लागि परेको उपाध्यक्ष रावतले बताए । विद्यालय सञ्चालन गर्दा कसरी सञ्चालन गर्न यस विषयमा छिटै गाउँपालिकाले निर्णय गर्न उपाध्यक्ष रावतको भनाई छ ।

यहाँ कमेन्ट गर्नुहोस्