०७ पुष २०८१, आइतबार

युवाले गाैंडाे( बाटो) बनाए पछि बल्ल गाउँपालिकाले देख्यो

Khabarsabaiko शुक्रबार, साउन २३, २०७७

हुम्ला- लागातार तिन वर्ष देखी गौंडा निमार्णका लागि गाउँपालिकामा पहल गर्दा नबनेपछि स्थानिय युवकले आफै मिलि बनाएका छन् । हुम्लाको खार्पुनाथ गाउँपालिका स्थित सुनाखाडा नजिकै रहेको सुनाखाडा र खडिक गौडो (बाटो) तिन बर्ष देखि भत्किएको अवस्थामा थियो । पैदल यात्री लाई आवत जावतमा कठिनाई भएकोले गोप्का गाउँका ४० युवा जुटाई निमार्ण गरेको कसम वुढाले जनाकारी दिएका हुन् । युवाहरूले सोहि बाटोमा पर्ने अन्य दुई वटा ठुला गौडा(खुड्कीला) पनि बनाएका छन् ।

गाैंडा निमार्ण पश्चात गाउँपालिकाले थहापाएपछि पालिकाले भुक्त्तानि गर्ने भनेको छ, उहाँले खबर सबैकाे संगको कुराकानीमा भन्नु  भयो । बुढाले भने गत बर्ष गाउँपालिकाको योजनामा परेपनि गौंडो नबनेको र यस वर्ष अाफै जुटेको उहाँको भनार्इ छ ।

यस अधि अावत जावतमा डरडरले हिडनु पर्नेमा गौंडा बनाए पछि सहज भएको पैदल यात्री टाक्पा जिक्मेत लामाले भने । गौंडा बने पछि गाउँपालिकाले प्राविधिक खटाई मुल्यांकनका आधारमा भुक्तानि दिने उपाध्यक्ष रुपा शाहीले खबर सबैलाई जानकारी दिएकी छन्।

यहाँ कमेन्ट गर्नुहोस्