२९ पुष २०८१, सोमबार

राष्ट्रकवि माधवप्रसाद घिमिरेको १०१ वर्षको उमेरमा निधन

Khabarsabaiko मंगलबार, भाद्र ०२, २०७७

राष्ट्रकवि माधवप्रसाद घिमिरेको १०१ वर्षको उमेरमा निधन भएको छ । विं सं. १९७६ असोज ७ गते लमजुङको पुस्तन गाउँमा जन्मिएका राष्ट्रकवि मंगलबार बेलुका ५ बजेर ५५ मिनेटमा घरमै निधन भएको पारिपारिक श्रोेतले जनाएको छ । स्वासप्रश्वासमा समस्या देखिएपछि राष्ट्रकवि घिमिरे केही महिनायता घरमै उपचाररत थिए ।

उनले कविता, खण्डकाव्य, गीतिनाटक, कथा, अनुवाद लेख -प्रबन्धजस्ता अनेकौं विधा -उपविधाहरूमा सिर्जना दिएका छन्। घिमिरे स्वच्छन्दतावादी भावधारा र परिष्कारवादी शैली अपनाएर साहित्य सिर्जना गर्ने साहित्यकारका रूपमा चिनिन्छन् ।

यहाँ कमेन्ट गर्नुहोस्