११ पुष २०८१, बिहिबार

हुम्लाको छारे पुल जिर्ण अवस्थामा पैदल यात्री डर डरले वारपार गर्छन्

Khabarsabaiko सोमबार, भाद्र १५, २०७७

हुम्लाको विभिन्न गाउँपालिका जोड्ने मुख्य पुलका रुपमा रहेको खार्पुनाथ गाउँपालिकाको छारेपुल मर्मत तथा पुनः निमार्ण हुन नसक्दा पुलमा पैदल यात्री डर डरले हिड्दछन् ।

हुम्ला कर्णालीमा रहेको छारे झुलुंगे पुल हुम्लाका तल्लो भेगका स्थानियबासि सदरमुकाममा कामकालागि आवतजावत तथा हुम्लाको माथिल्लो र तल्लो भेग लाई जोड्ने एक मात्र पुल हो । खच्चर, भेडा र भरिया मुगु बाजुरा बाट दैनिक अत्यावश्यक तथा व्यापारिक वस्तु सदरमुकाम सिमकोट ल्याउने मुख्य पुल छारे जिर्ण अवस्थामा रहेको छ । धेरै पुरानो भएका कारण पुलको डेकको काठ कुहिदा पैदल यात्री डर डरले हिड्ने गरेको एक पैदल यात्रीको भनाई छ ।

हुम्लाको तल्लो क्षेत्र ताजाँकोट, अदानचुली, चांखेली, सर्केगाड र खार्पुनाथ, सिमकोट लगाएत माथिल्ला गाउँपालिकाका बासिन्दाको लाई जोड्ने एकमात्र झुलुंगे पुल जिर्ण अवस्थामा रहेकाले पैदल यात्री डर डरले आवतजावत गर्ने गर्दछन् ।

पैदल यात्री र खच्चर, गाई वस्तु धेरै पटक खस्नलागेको पुल नजिकैका होटलका साउजिको भनाई छ । उहाँले भन्नु भयो केही सुरक्षाका लागि आफुले पुलमा आफु संग भएको काठ र ढुगां राखे पनि दिन प्रतिदिन थप अन्य ठाउँमा विग्रीदा थप समस्या भएको कुरा थपे ।

करिव पैतिस वर्ष पुरानो पुल समय समयमा खार्पुनाथ गाउँपालिकाले मर्मत गरेको गाउँपालिका अध्यक्ष कर्ण रावलले जानकारी दिए ।
पुलको डेकको काठ दुई वर्ष अगाडि एक लाखमा फेरेपनि पुनः कुहिदा पैदल यात्री डर डरले हिड्ने अवस्था रहेको अध्यक्ष रावलको भनाई छ । फलामको डेक हाल्न खोज्दा पहिला काठको डेक भएकाले परिवर्तन गर्न नमिल्ने प्राविधिकले जनाएपछि थप मर्मत नहुने भएको अध्यक्ष रावल ले जनाए ।


यस वर्ष विभिन्न निकाय संग गाउँपालिकाले नयाँ पुलका लागि पहल गर्दा पनि निमार्णका लागि कुनै टुंगो नलागेको अध्यक्ष रावलको भनाई छ । दैनिक रूपमा धेरै संख्यामा मानिस, पशुचाैपाया, खच्चर लगायत अावतजावत गर्ने यस पुलको समयमा मर्मत वा पुनः निमार्ण हुन नसके नराम्रो घटना नघट्ला भन्न सकिन्न ।

यहाँ कमेन्ट गर्नुहोस्